पाकिस्तानमा डाँका र प्रहरीबीच झडप हुँदा छ जनाको मृत्यु
एजेन्सी। पाकिस्तानमा डाँका र प्रहरीबीच झडप हुँदा छ जनाको मृत्यु भएको छ। पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो।
बन्धक बनाइएका चिकित्सकको परिवारमध्ये एक छोरी सावधानीपूर्वक छतमा पुगी प्रहरीलाई डाँका समूहबारे जानकारी गराउँदै सहयोगका लागि प्रहरीलाई फोन गर्न सफल भएकी र उनको सुराकीको आधारमा नै प्रहरीले डकैती गर्ने ती व्यक्तिहरूलाई कारबाही गरेको थियो।
आक्रमणका क्रममा बन्धक बनाइएका सबै व्यक्ति सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ। मारिएका डाँकाहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
एजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा
एजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा
एजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।