Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियखुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

खुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबर्द्धन गर्ने प्रयासबारे छलफल भएको छ ।

ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोर्‍याए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न भन्ने बिषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रबिधि, स्वच्छ ऊर्जा र अन्तरिक्षमा हाम्रो नवीनतालाई निरन्तरता दिन तत्पर छु ।

ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन नयाँ दिल्लीमा भएको टु प्लस टु मन्त्रीस्तरीय वार्ताका लागि भारत आउनुभएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि प्रधानमन्त्री मोदीले ‘२ं२’ ढाँचा भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोगी भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–अमेरिका साझेदारीलाई ‘विश्वव्यापी भलाइ’का लागि ‘शक्ति’ को संज्ञा दिँदै नयाँ दिल्ली र वासिङ्टनबीचको पारस्परिक लाभकारी सहयोग लोकतन्त्र, बहुलवाद र विधिको शासनमा उनीहरूको साझा विश्वासमा आधारित रहेको बताएका छन् ।

ब्लिन्केन र प्रधानमन्त्री मोदीले हिन्द–प्रशान्त क्षेत्रमा र विश्वव्यापी महत्वका विषयमा घनिष्ठ साझेदारीका लागि भारत र अमेरिकाको साझा दृष्टिकोणलाई दोहोर्‍याएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“भारत र संयुक्त राज्य अमेरिकाले जापान र अष्ट्रेलियासँग क्वाड (चतुर्भुज सुरक्षा संवाद) मार्फत साझेदारीलाई बलियो बनाएर स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तलाई बढावा दिइरहेका छन्,” अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नयाँ दिल्लीमा आयोजित पाँचौं २२ भारत–अमेरिका मन्त्रीस्तरीय संवादमा भने ।

ब्लिन्केनले भने, “उदाहरणका लागि, अवैध फिसिङ, पाइरेसी र लागूपदार्थको ओसारपसारविरुद्ध लड्न हामी इन्डो–प्यासिफिक क्षेत्रमा मानवीय राहत र विपद् प्रतिकार्य प्रयासमा पनि समन्वय गरिरहेका छौं । यो संवादले अमेरिका र भारतबीच उच्चस्तरीय छलफलका लागि एक मञ्च प्रदान गर्दछ । अमेरिका र भारतका नेताहरूले महत्त्वपूर्ण द्विपक्षीय र विश्वव्यापी मामिलाहरूमा छलफल गर्दछन्, जसमा हिन्द–प्रशान्त क्षेत्रमा भइरहेका घटनाक्रमहरूमा विशेष जोड दिइन्छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT