एजेन्सी । भारतीय उद्योगपति मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति अन्ततः पक्राउ परेका छन् । मुम्बई प्रहरीले आरोपितलाई तेलंगानाबाट पक्राउ गरेको हो ।
आरोपीले मुकेश अम्बानीलाई ५ वटा इमेल पठाएर धम्की दिएका थिए ।
साथै, आरोपीले पहिले २० करोड, त्यसपछि २०० करोड र त्यसपछि ४०० करोड मागेका थिए ।
पक्राउ परेका अभियुक्तको नाम गणेश वनपर्धी हो ।
अदालतले पक्राउ परेका अभियुक्तलाई नोभेम्बर ८ सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।
उनले नक्कली नामबाट इमेल पठाएको प्रहरीले जनाएको छ ।