Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले युक्रेनलाई विनाशकारी हतियार दिने, ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

अमेरिकाले युक्रेनलाई विनाशकारी हतियार दिने, ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा


एजेन्सी । अमेरिकाले बुधबार युक्रेनका लागि ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेज (लजिस्टिक सपोर्ट) घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि सैन्य सहायताको नयाँ प्याकेज स्वीकृत गरेका छन् ।

यसमा ड्रोन लगायत हतियार र अन्य समावेश छन्।

यो सैन्य प्याकेज यस्तो समयमा आएको हो जब रुसले युक्रेनको राजधानीलाई निशाना बनाएको छ र युक्रेनी विमानले मस्कोलाई निशाना बनाएको छ ।

तर, बाइडेन प्रशासनले युक्रेनलाई अमेरिकी निर्मित हतियारहरू रुसी भूभागभित्र प्रयोग गर्न नहुने कुरा स्पष्ट गरेको बताएको छ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बुधबार भने, ‘हामीले उनीहरूलाई कहाँ आक्रमण गर्ने भन्ने कुरा बताएनौं। हामीले उनीहरूलाई कहाँ आक्रमण नगर्ने भनेर पनि बताउदैनौं। यो राष्ट्रपति जेलेन्स्की र उनका सैन्य कमाण्डरले निर्णय गर्ने कुरा हो ।

अमेरिकाले पनि सार्वजनिक रूपमा स्पष्ट गरिसकेको छ कि रसियाभित्र गरिने आक्रमणलाई समर्थन गर्दैनौं। उनले भने ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT