Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘हमासविरुद्ध दोस्रो चरणको युद्ध सुरु’

‘हमासविरुद्ध दोस्रो चरणको युद्ध सुरु’


एजेन्सी । इजरायल र हमासबीच सुरु भएको युद्ध रोकिएको छैन । इजरायलले गाजा पट्टीमा लगातार आक्रमण गरिरहेको छ । हवाई आक्रमणसँगै इजरायली सेनाले जमिनमा आक्रमण पनि सुरु गरेको छ ।

यससँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, शुक्रबार राति गाजामा थप जमिन सेनाको प्रवेशसँगै हमासविरुद्धको दोस्रो चरणको युद्ध सुरु भएको छ।

उनले शनिबार यस्तो बयान दिएका हुन् ।

नेतान्याहुले भने, ‘हमासविरुद्धको दोस्रो चरणको युद्ध सुरु भएको छ । हाम्रो लक्ष्य भनेको हत्यारा शत्रुलाई परास्त गर्नु र हाम्रो भूमिमा हाम्रो अस्तित्व पुनः प्राप्त गर्नु हो।’

उनको बयान इजरायली रक्षा प्रमुखहरूको बयान पछि आएको हो जसमा उनीहरूले भनेका थिए, ‘हाम्रो सेनाले हाल गाजा स्ट्रिपमा ग्राउन्ड अपरेशन गरिरहेको छ। यो अपरेशनले युद्धका सबै उद्देश्यहरू हासिल गर्ने लक्ष्य राखेको छ।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई युद्धको आरोप लगाउँदै हमासले सर्वसाधारणलाई आफ्नो ढालको रूपमा प्रयोग गरिरहेको बताए।

यति मात्र होइन, अस्पतालहरूलाई आतङ्कवादी मुख्यालय बनाएर आफ्नो स्रोतसाधन युद्धमा प्रयोग गरिरहेको उनले आरोप लगाए ।

उनले थप भने, ‘हामी युद्ध मात्र होइन मानवताका लागि बर्बरविरुद्ध लडिरहेका छौं ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT