एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
उक्त व्यक्तिले इमेलमा २० करोड रुपैयाँ मागेका छन् ।
२० करोड नतिरेको बदलामा ती व्यक्तिले अम्बानीलाई मार्ने लेखेका छन् ।
उक्त व्यक्तिले आफूसँग उत्कृष्ट शार्प शूटर रहेको इमेलमा उल्लेख गरेका छन् ।
प्रहरीले यस सम्पूर्ण मामिलामा मुद्दा दर्ता गरी अभियुक्तको खोजी सुरु गरेको छ ।
मिडिया रिपोर्टका अनुसार २७ अक्टोबरमा मुकेश अम्बानीले आफ्नो इमेल आइडीको इनबक्समा एउटा इमेल प्राप्त गरेका थिए ।
उक्त इमेलमा अङ्ग्रेजीमा लेखिएको थियो कि यदि मुकेश अम्बानीले उक्त अपरिचित व्यक्तिलाई २० करोड रुपैयाँ दिएनन् भने उनलाई मार्नेछन् । इमेलमा यो पनि लेखिएको छ कि व्यक्तिसँग भारतका उत्कृष्ट शूटरहरू छन्।
मुकेश अम्बानीका सुरक्षा इन्चार्जले यसबारे प्रहरीलाई जानकारी दिएका हुन् ।