एजेन्सी । गाजामा इजरायलको सैन्य कारबाहीका बीच हमासले इजरायलले गरेको हवाई आक्रमणमा ५० बन्धक मारिएको दाबी गरेको छ ।
यो दाबी हमासको सैन्य शाखा अल कासम ब्रिगेडले गरेको हो।
अल कसामले आफ्नो टेलिग्राम च्यानलमा इजरायलले गाजा क्षेत्रमा गरेको बमबारीका कारण गाजा पट्टीमा हालसम्म करिब ५० इजरायली बन्धकहरूको मृत्यु भएको बताए।
यद्यपी अल कसामले बन्धकहरूको मृत्युबारे थप जानकारी दिएको छैन।
इजरायल र हमासबीच अक्टोबर ७ देखि चलिरहेको युद्धले गाजा पट्टी क्षेत्रमा अहिलेसम्म ठूलो क्षति पु¥याएको छ ।
यस क्षेत्रमा हजारौं मानिस मारिएका छन्।
यसैबीच इजरायलले हमासलाई निर्मूल पार्ने संकल्पका साथ आक्रमणलाई तिब्रता दिइरहेको छ । यसैबीच हमासले इजरायलले गरेको हवाई हमलामा हालसम्म ५० बन्धक मारिएको दाबी गरेको हो ।