चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण
एजेन्सी । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।
उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।
बिहीबार बिहान विदाइ समारोमा अन्तरिक्षा यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई विदाइ गरेका थिए । “अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो”, चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ ।
उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छो हुन् । रासस-एएफपी
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय
एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका