Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु, बन्दुकधारी फरार

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु, बन्दुकधारी फरार


एजेन्सी । बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् ।

समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिए ।

“मेरो बुझाइमा तिनीहरूसँग अस्थायी पहिचान छ…बलिङ एल्लीमा गोली चलाउनेको, २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्”, म्याक्कार्थीले भने।

उहाँका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज भइरहेका बेला राष्ट्रपति जो बाइडेनले फोन गरेर माइनका गभर्नर, दुई सिनेटर र एक स्थानीय काङ्ग्रेसका सदस्यलाई फोन गरेर सङ्घीय सहयोग प्रस्ताव गर्न आग्रह गरेको ह्वाइट हाउसले बताएको छ ।

स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्ध–स्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ ।

पछि प्रहरीले ४० वर्षीय रोबर्ट कार्डका लागि एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका सन्दिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नुपर्छ’ भनेको छ । “ तपाईँ उसको ठेगानाबारे जान्नुहुन्छ भने कृपया कानुन प्रशासनसँग सम्पर्क हुनुहोस् ।”

प्रहरीले एउटा सेतो एसयुभीको तस्बिर पनि जारी गरेको छ । प्रहरीले गाडीको अगाडिको बम्बर कालो रङको हुनसक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ ।

“कानुन प्रशासनले दुई सक्रिय बन्दुकधारी घटनाको अनुसन्धान गरिरहेको छ”, एन्ड्रोस्कोगिन काउन्टी शेरिफ विभागले फेसबुकमा लेखेको छ, “अनुसन्धान गर्ने क्रममा हामी सबै व्यवसायलाई बन्द गर्न वा बन्द गर्न प्रोत्साहित गरिरहेका छौँ, सन्दिग्ध अझै फरार छ ।”

माइनका गभर्नर जेनेट मिल्सले लेविस्टनमा सक्रिय बन्दुकधारीको स्थितिबारे आफू अवगत भएको र यसको जानकारी आफूलाई दिइएको बताए ।

कानुन प्रशासनलाई उद्धृत गर्दै सीएनएनले घटनामा कम्तीमा ५० देखि ६० मानिस घाइते भएको तर गोलीबारीबाट कति मानिस घाइते भएका हुन् भन्नेबारे स्पष्ट नभएको बताएको छ ।

लेविस्टन माइनको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । यो माइनको सबैभन्दा ठूलो सहर पोर्टल्यान्डबाट करिब ५० किलोमिटर उत्तरमा पर्छ । रासस-एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT