एजेन्सी । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इजरायल–हमास युद्धबारे अमेरिकाको प्रस्ताव असफल भएको छ । रुस र चीनले यो प्रस्तावलाई भिटो लगाएर अस्वीकार गरेका छन् ।
यो प्रस्तावमा अमेरिकाले गाजामा मानवीय सहायता रोक्न आह्वान गरेको छ ।
उक्त प्रस्तावमा हमास आक्रमणको कडा निन्दा गरिएको छ ।
साथै सबै बन्धकहरुको तत्काल र निःशर्त रिहाइको लागि आह्वान गरिएको छ ।
अमेरिकाको यो प्रस्तावलाई संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुस, चीन र युएईले अस्वीकार गर्दै विपक्षमा मतदान गरेका थिए ।
संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुस र चीनले प्रस्तावलाई भिटो गरेको बताइन्।
यसबाट अमेरिका निकै निराश बनेको मिडिया रिपोर्टमा उल्लेख छ ।