एजेन्सी । इजरायल र हमास बीचको युद्ध जारी रहेको छ । गाजामा इजरायली आक्रमण जारी छ।
यसैबीच, इजरायली हवाई आक्रमणमा अल जजिराका गाजा संवाददाताका श्रीमती र छोराछोरी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अलजजिराले गाजाबाट लगातार युद्धको रिपोर्ट गरिरहेको छ।
अलजजिराले आफ्ना पत्रकारको निधनप्रति दुःख व्यक्त गरेको छ ।
अल जजिराले यस घटनाको लागि इजरायली अधिकारीहरूलाई जिम्मेवार ठहराएको छ।
अल जजीरा नेटवर्कले गाजामा निर्दोष नागरिकहरूको हत्याको कडा निन्दा गरेको छ ।
अलजजीराले गाजामा आफ्ना सहकर्मीहरूको सुरक्षा र कल्याणको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।