Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियस्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्यो

स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्यो


एजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो । स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको आगलागीमा धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको छ ।

स्थानीय समयअनुसार बिहान ६स्०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताएका छन् ।

“आगलागीबाट हामीले ठूलो मानवीय क्षति व्यहोरेका छौँ,” बालेस्टाले भने ।

उनले भने, “राष्ट्रिय सभा केन्द्रले मृतकहरूको सम्झनास्वरूप तीन दिनको शोकको घोषणा गरेको छ र पीडितका परिवारका सदस्यहरूले स्थानीय खेलकुद हलमा स्थापित परामर्श र मनोवैज्ञानिक केन्द्रमा सहयोग प्राप्त गर्न सक्नेछन् ।”

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

Techie IT