Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिए

इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिए


काठमाडौँ। इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन्। अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा आज थप दुई जना मारिएका उनीहरूले बताएका छन्। जेनिनस्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीमा अन्य ३० जना घाइते भएका छन्।

बितेका डेढ वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच दिनहुँ झडप हुँदा गाजापट्टीलगायत स्थानमा हिंसात्मक घटना रोकिएका छैनन्। इजरायलले प्यालेष्टिनी क्षेत्रमा आक्रमण बढाएपछि प्रतिकारमा प्यालेष्टिनीहरूले पनि रकेट प्रहार गर्दै आएका छन्।

आज बिहान एक जना प्यालेष्टिनी युवकले सुरक्षाफौजमाथि विष्फोटक पदार्थ प्रहार गरेपछि जवाफी कारबाही गर्दा ती युवकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

Techie IT