एजेन्सी । रुस र युक्रेनबीचको युद्ध समाप्त हुने नाम लिइरहेको छैन । रुसले युक्रेनका सहरमा पूर्ण शक्तिका साथ बम हमला गरिरहेको छ ।
यो युद्ध जित्ने रुसको प्रयासमा युक्रेनले सधैं अवरोध गर्दै आइरहेको छ ।
यसैबीच, आइतबार रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयता अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ ।
युक्रेनको राजधानी किभ दिवसको तयारीका बीच आइतवार बिहान युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन हमलाको सिकार भएको हो ।
आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । युक्रेनी वरिष्ठ सैन्य अधिकारी सेर्ही पोप्कोले भने,‘रसियाले शनिबार राति इरानी निर्मित ‘शहीद’ ड्रोनबाट शहरमा सबैभन्दा ठूलो हमला गरेको थियो।
उक्त आक्रमण पाँच घण्टाभन्दा बढी समयसम्म जारी रहेको थियो, जसमा युक्रेनको वायु रक्षा प्रणालीले ४० भन्दा बढी ड्रोन नष्ट गरेको बताइएको छ।
उक्त घटनमा एक जनाको मृत्यु भएको बताइएको छ ।