Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन


एजेन्सी । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो ।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्री सल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् ।

गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन अधिकारीहरुले आग्रह गरेका छन् ।

राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमबार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो ।

ड्रोमको न्योन्समा ४२।२ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो । सिन्ह्वा




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

Techie IT