Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियप्रिगोजिन विमान दुर्घटनासँग युक्रेनको कुनै सरोकार छैनः जेलेन्स्की

प्रिगोजिन विमान दुर्घटनासँग युक्रेनको कुनै सरोकार छैनः जेलेन्स्की


एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमान दुर्घटनामा वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युसँग आफ्नो देशको कुनै सम्लग्नता र सरोकार नरहेको बताएका छन् ।

“यो अवस्थासँग हाम्रो कुनै सरोकार छैन, यो निश्चित छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिनलाई यात्रुको रूपमा दर्ता गरिएको एक निजी जेट दुर्घटना भएको एक दिनपछि उनले पत्रकारहरूसँग भने,“मलाई लाग्छः यो कसको चिन्ता हो, सबैलाई थाहा छ ।”

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपत्कालीन सेवाले जनाइसकेको छ ।

प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए ।

प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको ‘फ्लाइट ट्र्याकिङ डेटा’मा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट आठ हजार फिटभन्दा तल खसेको थियो । प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT