गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतको मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जनाको मृत्युभारतको मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जनाको मृत्यु नेपालीपत्र बुधबार, २०८० भदौ ६ गते, १४:५१ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ। भारतको मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएका छन्।प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर परअवस्थित सैराङ क्षेत्रमा भएको हो। पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको छ। दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ।यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई रु. दुई लाख क्षतिपूर्ति दिइने जनाएको छ। प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। #भारतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १० चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासकाधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal