Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा


एजेन्सी । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् ।

अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए ।

जनरल टियानीले जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।

यसैबीच, लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले सैन्य विप्लव प्रभावित नाइजरबाट दुई सय ६२ जनालाई पेरिस पु¥याएको छ । नाइजरमा आफ्ना नागरिक असुरक्षित हुने भन्दै फ्रान्सले त्यहाँबाट उनीहरूलाई स्वदेश पु¥याएको हो । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले एक दर्जन बालबालिकासहित दुई सय ६२ जनालाई नाइजरबाट ल्याइएको बताएका छन् ।

पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय, अफ्रिकी सङ्घ, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ, अमेरिका, जर्मनी, फ्रान्सलगायत अन्तरराष्ट्रिय समुदायले सैन्य विप्लवको विरोध गर्दै वैधानिक राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । साथै उनीहरूले बाजुम र उनका परिवारको सुरक्षाको माग गर्दै अविलम्ब रिहाइको माग गरेका छन् ।

आर्थिक समुदाय र अन्तर्राष्ट्रिय जगत्ले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवम् पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताउनुभएको छ ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका

भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित

एजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा

युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७०

इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन्

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार पहिरोमा परेर १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना

Techie IT