Techie IT
२०८१ माघ २४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानमा महिलालाई बुर्का नलगाई ट्याक्सीमा बस्न प्रतिबन्ध

अफगानिस्तानमा महिलालाई बुर्का नलगाई ट्याक्सीमा बस्न प्रतिबन्ध


एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेदेखि कट्टरपन्थी विचारधारा भएका आदेशहरू जारी भएका छन्। अफगानिस्तानका महिलाहरु सबैभन्दा बढी पीडित भएको अन्तराष्ट्रिय मिडियाहरुले रिपोर्ट जारी गर्दै पनि आइरहेका छन् ।

तालिबानले महिलालाई ब्यूटी सैलुनमा जान प्रतिबन्ध लगाउने, बजार जान प्रतिबन्ध लगाउने, अनिवार्य रूपमा बुर्का लगाउने, महिलाहरूलाई शिक्षाबाट वञ्चित राख्ने जस्ता धेरै आदेश जारी गरेको छ ।

यसै क्रममा अफगानिस्तानको तालिवान सरकारले अर्को आदेश जारी गरेको छ । यो आदेश पनि महिलासँग सम्बन्धित छ।

अफगानिस्तानको तालिबान सरकारले महिला दमन गर्न अर्को कदम चालेको छ । नयाँ अध्यादेशमा अब महिलाहरुलाई बुर्का नलगाई ट्याक्सीमा बस्न समेत प्रतिबन्ध लगाइएको छ । मिडिया रिपोर्टका अनुसार हेरातका ट्याक्सी ड्राइभरको विश्वास गर्ने हो भने अब बुर्काले पूरै ढाकेका महिलालाई आफ्नो कारमा बस्न दिनेछन् ।

यदि कुनै महिलालाई बुर्का नलगाई बसेमा तालिबान सरकारले कारबाही गर्ने बताइएको छ । त्यस्तै सवारीसाधन पनि जफत हुने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT