Techie IT
२०८१ पुस ३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियद्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…


एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।

पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पु¥याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।

तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो । दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशङ्का स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध संसद्‍मा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ता

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह

एजेन्सी । सिरियाली नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बशीरले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका छन् । लामो समय देखि राष्ट्रपति

Techie IT