Techie IT
२०८१ चैत्र १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने


काठमाडौँ । नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो । सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन ।

अहिले भने समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भुषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ बाट भएको हो । डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश ग¥यो । डिजिटल प्रविधिको सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहज बनायो ।

पछिल्लो समय नेपालमै डिजिटल सिनेमा इनिसेटिभ ९डिसिआई० ढाँचामा चलचित्र इन्कोडिङ गरेर विश्वभर प्रदर्शन गर्न सकिन्छ । यही कारण पनि नेपालसँगै विश्वभर एकै मितिमा चलचित्र प्रदर्शन हुने गरेको छ ।

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार विस्तार भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।

मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर स्थापना गरिएको सेभेन सिज कम्पनीले नेपालसँगै विश्वभर एकसाथ चलचित्र प्रदर्शन गर्ने प्रदर्शक विनोद पौडेलले जानकारी दिन्छन् । उनी भन्छन्, “हामीले विभिन्न देशमा छरिएर चलचित्रको प्रदर्शन अधिकार खरिद गर्ने गरेका थियौँ । अब एउटै भएर जाँदा निर्माण पक्षसँगै हामीलाई पनि सहज हुन्छ ।”

नियमितरूपमा नेपाल झैँ अमेरिकामा पनि चलचित्र भवनमै चलचित्र प्रदर्शन हुँदा दर्शकलाई लाभ हुने स्थानीय प्रदर्शक प्रतीक सुवेदी बताउँछन् । “बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयमले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उनी भन्छन् ।

आफ्नो समूहले चलचित्र निर्माणमा समेत सघाउने प्रदर्शक रमेश ढकालको भनाइ छ । मध्यपूर्वका सहरमा चलचित्र प्रदर्शन गरिरहेका उनी चलचित्रको नयाँ बजार खोज्न आफ्नो समूह प्रयासरत रहेको बताउँछन् । प्रदर्शक ढकाल भन्छन्, “इराकमा समेत नेपाली चलचित्र प्रदर्शन सुरु भएको छ । अन्य देशमा समेत हामीले बजार बनाउन खोजिरहेका छौँ । यसले व्यावसायिकरूपमा हामीलाई लाभ दिएको देखिएता पनि नेपाली चलचित्रलाई पनि टेवा पुगेको छ ।”

एकै कम्पनीले चलचित्रको प्रदर्शन अधिकार खरिद गर्दा निर्माण पक्षलाई सहज हुने निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने बताउँछन् । “यसरी एकै पटक सम्झौता गरेर चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्दा निर्माण पक्षले धेरै झन्झटबाट मुक्ति पाउँछन् । साथै नयाँ बजार खोज्ने र चलचित्र भवनमै प्रदर्शन गरेर बजार विस्तारमा टेवा पु¥याउनेलाई हामीले पनि प्रोत्साहित गर्नु जरुरी छ”, उनी भन्छन् ।

ऋभिनेता लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपालबाहेक प्रदर्शन अधिकार खरिद गरेको सेभेन सिजले एक हजार पाँच सयभन्दा बढी प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

Techie IT