एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म आदिपुरुष रिलिज पुर्व नै ठुलो विवादमा फसेको थियो । रिलिज भएपछि झन् विवादमा परेको थियो । कास्टिङ र संवादका कारण फिल्मले धेरै समस्याको सामना गर्नुपर्यो ।
फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।
अब ओटीटीमा फिल्मको स्ट्रिमिङका सम्बन्धमा बाँकी रहेका आशा पनि चकनाचुर भएका छन् ।
यसको मतलब यो फिल्म ओटीटीमा स्ट्रिम हुनु अघि नै युट्युबमा लीक भएको छ ।
उक्त लिक भिडियोमा फिल्मले झण्डै २३ लाख भ्यु पाएको बताइएको छ ।
फिल्म अनलाइन प्लेटफर्ममा आउँदा यसको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।
शनिबार फिल्मको एचडी प्रिन्ट युट्युबमा लीक भएको थियो ।
ओम राउतको फिल्म लीक हुनेबित्तिकै २३ लाख भ्युज पाएको थियो । केही समयपछि युट्युबबाट यो फिल्मको लिङ्क हटाइएको थियो ।