एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन् शाहरुख खान । फिल्म पठानले बक्स अफिसमा धमाकेदार कमाई गरेपछि उनको अर्को फिल्म जवानले पनि नयाँ रेकर्ड बनाउने चर्चा चलिरहेको छ । त्यस्तै उनको अर्को फिल्म डंकी पनि उत्तिकै चर्चामा रहेको छ ।
वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर ‘पठान’ दिएपछि अब सबैलाई शाहरुख खानको आगामी फिल्मको प्रतीक्षा छ ।
शाहरुख दुई ठूला बजेट प्रोजेक्टमा काम गरिरहेका छन् ।
जसमध्ये उनको पहिलो फिल्म ‘जवान’ हो जुन सेप्टेम्बर ७ मा रिलिज हुँदैछ ।
उनको दोस्रो फिल्म ‘डंकी’ हो । जसमा शाहरुख र राजकुमार हिरानी सँगै काम गर्दैछन् । यो फिल्म क्रिसमस र नयाँ वर्षको अवसरमा रिलिज हुनेछ ।
रिपोर्टका अनुसार डङ्कीले रिलिज हुनुअघि नै १५५ करोड कमाइसकेको छ ।
फिल्मको ओटीटी अधिकार मुकेश अम्बानीको रिलायन्सको स्वामित्वमा रहेको जियोसिनेमालाई दिइएको बताइएको छ ।
एउटै भाषामा रिलिज हुने फिल्महरूमा यो अहिलेसम्मकै ठूलो सम्झौता हो। यसको पछाडि शाहरुख खान र राजकुमार हिरानी कारण रहेको मानिन्छ ।