एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति
काठमाडौँ। अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन्। पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्।
धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन्। उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन्।
उनले आगामी दिनमा समाजसेवामा लाग्ने बताएकी छन्। सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी हुन्।
एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर एलिजा एकाएक चर्चामासमेत आएकी थिइन्। तर त्यसलगतै उनले आवेगमा त्यस्तो भनेको भन्दै स्विकारसमेत गरेकी थिइन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन