Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदबाबरहित चलचित्र ‘डाकिनी’

दबाबरहित चलचित्र ‘डाकिनी’


काठमाडौँ । चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त बजेट बढ्ने डर, न बजार मूल्याङ्कन । कुनै दबाब नहुँदा चलचित्र कस्तो बन्ला ? यसको उदाहरण हो– ‘डाकिनी’ ।

बौद्धधर्मका गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ‘डाकिनी’ प्रदर्शनका लागि नेपालमा छन् । विश्वभरका चलचित्रप्रेमी दर्शकमाझ उनी निर्देशित ‘द कप’, ‘ट्राभल्स एण्ड म्याजिसियन्स’, ‘हिमा हिमाः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’लगायतका चलचित्र लोकप्रिय छन् ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’मार्फत विश्वभर प्रदर्शन भएको चलचित्रमा बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवीको खोजीको कथा खोजिने चलचित्रमा बौद्धग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । नेपालमा यो सीमित चलचित्र भवनमा मात्र प्रदर्शन गरिएको छ ।

नेपालका निर्माता षट्कोण आर्टसको निम्तोमा नेपाल आइपुगेकाका निर्देशक नोर्बुले सरल चलचित्रको बारेमा आफ्ना विचार राखे। “हामीले हेर्ने चलचित्रमा हलिउड शैली हुन्छ । त्यो पनि परम्परागत । त्यहाँ सबै किसिमको भाव मिसाइएको हुन्छ”, उनले भने, “हामीलाई त्यस्ता चलचित्र हेर्ने बानी परिसकेको छ । त्यसैले अभिनेता वा नकारात्मक भूमिका गर्नेको बारेमा हाम्रो विचार पहिले निर्माण हुन्छ । हामीलाई त्यो भाष्य शैलीमा हलिउड र बलिउडका चलचित्र प्रशस्तै प्रस्तुत गरिसकेका छन् ।”

आफू निर्देशित चलचित्र हेर्नु अगाडि नै केही खास घटनाक्रम नहुने नोर्बुले बताए । “मेरो चलचित्रमा ठूला घटनाक्रम हुँदैनन् । त्यो हेर्दा तपाईँलाई आफ्नै कथा महसुस हुनुपर्छ । यसलाई मैले वास्तविकतासँग नजिक राखेर निर्माण गर्ने कोसिस गरेको छु”, उनले भने ।

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सके मात्र फरकपन महसुस हुने नोर्बुँको भनाइको तात्पर्य थियो । नेपाली र तिब्बती भाषामा रहेको चलचित्र लगभग रु १० करोडमा तयार भएको हो । यो चलचित्र बजारको निर्देशनबिना तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको निर्मातामध्येका एक दिपेश खत्रीले जानकारी दिए ।

“चलचित्र निर्माणको समयमा बजारको चिन्ता थिएन । त्यसैले स्वतन्त्र रहेर काम गर्न पायौँ । कुनै दबाबलाई महसुस नगरी निर्माण भयो । अहिले प्रदर्शन पनि सीमित चलचित्र भवनमा सीमित शोमा मात्र छ”, निर्माता खत्रीले भने ।

काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन रु यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT