काठमाडौँ। चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। प्रायः शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आजै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए।
चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन्। निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको यस चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन्।
बुधवार बेलुका काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन्।
यो चलचित्रलाई शर्मीला पाण्डेले निर्माण गरेकी हुन्।