Techie IT
२०८१ चैत्र १५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज


काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । ‘दयारानी’ नेपाली पारिवारिक चलचित्र हो, जसलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका छन् । यो चलचित्रमा दयाहाङ राई, दिया पुन, र विजय बराल मुख्य भूमिकामा छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रको कथाले एक दम्पतीको बाँझोपनसँगको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गर्दछ । समाजका अपेक्षाहरू र जटिल पारिवारिक सम्बन्धहरूको बीचमा, पतिपत्नीले सन्तान प्राप्तिका लागि गर्ने प्रयासहरूलाई चलचित्रले हास्य र भावनात्मक ढङ्गले चित्रण गरेको छ ।

‘सिनेमाघर’ नेपाली चलचित्रहरूको डिजिटल प्रदर्शनका लागि चर्चित ओटीटी प्लेटफर्म हो, जसले दर्शकहरूलाई सजिलै नेपाली चलचित्रहरू हेर्न सक्ने सुविधा प्रदान गर्छ । सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ ।

यस ओटीटी प्लेटफर्ममा चलचित्र हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेटहरू तथा क्युआर कोड भुक्तानी गर्न सक्नेछन् । साथै, नेपाली भाषामा सपोर्ट तथा २४ घण्टाको प्राविधिक सहायता सुविधा समेत उपलब्ध छ, जसले दर्शकलाई अझ सहज बनाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT