Techie IT
२०८१ चैत्र १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश


काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए ।

हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालले जनै हराएको बाहुन’ चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परेर चलचित्रमा जोडिएको प्रतिक्रिया दिए । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् भने एसोसियट निर्देशक ‘प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT