Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै


काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ गते कन्सर्ट हुने भएको हो । कर्मा कीर्तिपुरमा स्थापना भएको ब्यान्ड हो । कुटुम्बसँग सहकार्य गरेर उक्त ब्यान्डले कीर्तिपुरवासीलाई सङ्गीतद्वारा मनोरञ्जन प्रदान गर्ने तयारी गरेको कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले बताए ।

आदि ग्रुप र एएसक्युको संयुक्त आयोजनामा कीर्तिपुरको ल्याबरोटरी विद्यालयको प्राङ्गणमा कन्सर्ट आयोजना गरिएको छ । कर्मा ब्यान्डको एकल प्रस्तुती सँगै कुटुम्बसित सहकार्य गरेर करिब आधा दर्जन गीत प्रस्तुत गरिने छन् । कार्यक्रममा विभिन्न जाति, समुदाय र विशेष गरी नेवार संस्कृति झल्किने नृत्य एवं झाँकी प्रस्तुत गरिने गायक सिंहले जानकारी दिए ।

कन्सर्टमा कर्मा ब्यान्डका गीतमा कुटुम्बको मौलिक धुन समावेश हुने छ । ब्यान्डले ‘कहाँ होला घरबार’, ‘हुक्का मेरो डल्ले डल्ले’, ‘को हौ तिमी’, ‘मौनता’, ‘नयाँ सपना’, ‘यानीमाया’, ‘सुपारीदाना’ लगायत गीत प्रस्तुत गर्ने छ । कन्सर्टबाट प्राप्त रकम कीर्तिपुर नगरपालिकाको सामाजिक सेवा र विकासका काममा लगानी गरिने सिंहले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT