Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान


काठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको हो ।

हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ । यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो, चौतर्फी आलोचनापछि नेपाल क्रिकेट सङ्घसहितका निकायको सहयोगमा टोली जहाजमा नेपाल फर्किन पाएको थियो ।

‘उहाँहरुले खासै गुनासो त गर्नुभएन तर, पैसाकै अभावमा टोली गाडी र रेलबाट पाकिस्तान जान थालेको पायौँ, यो विषयमा सरकार गम्भीर हुनुपर्ने जस्तो लाग्छ ।’ रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले उज्यालोसँग भन्नुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रगति गरेको र सेवा सुविधा पनि बढ्दै गएको अवस्थामा नेत्रहीन टोली विश्वकप खेल्नको लागि गाडी र रेलबाट अरु देशमा जानुपर्ने अवस्था सुहाउँदो नभएको थापाको भनाइ छ ।

नेपाली टोलीमा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । चौथो संस्करणको नेत्रहीन टी–२० विश्वकप पर्सि नोभेम्बर २३ तारिखदेखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT