Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमंसिर १४ गते प्रदर्शन हुने ‘सत्या’ को ट्रेलर सार्वजनिक

मंसिर १४ गते प्रदर्शन हुने ‘सत्या’ को ट्रेलर सार्वजनिक


काठमाडाैँ । एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल,सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।

मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई बिशेष जोड दिइएको पाइन्छ । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्ममा राज कालाखेती,प्रिया शर्मा,करणसिंह बोहरा,बिकास थापा मगर,वर्षा थिङ,सुमन खत्री,तेजा ऐर,ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आलेमगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समयसान्दर्भीक रहेको बताए । प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले फिल्मका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरे । यसै फिल्मबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्शन फिल्मप्रति दर्शकको रुचि बढेकाले आफ्नो फिल्म पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।

धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुत रहेका ‘सत्या’ को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्मको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत,रामजी लामीछाने,सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT