Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने

चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने


काठमाडौँ । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ ।

निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते (आगामी सोमबार) बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कौशल देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने निर्देशक अरुण लामाले बताए । यसको लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा २ मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्नेछ । अडिसनबारे प्रत्यक्ष जानकारी लिन चाहेमा gsevenproductions35@gmail.com मा इमेल वा फोन नम्बरहरू ९८४००१६६४०, ९८४७९४२९१५ र ९८४५८९२७३४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

निर्देशक लामाले चलचित्र क्षेत्रको सपना देख्ने र अभिनयको उत्साह भएकाहरूका लागि यो एक महत्त्वपूर्ण मौका हुने जनाए । लामाले निर्देशन गर्ने यो पहिलो फिचर चलचित्र हो । उनले यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्रहरूमा आफ्नो कुशलता देखाइसकेका छन् । चलचित्रको कथा एक सङ्घर्षशील युवाको जीवनमा आधारित छ, जसले आफ्नो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जोखिमपूर्ण निर्णय लिन्छ । हाँसो, त्रास, र सङ्घर्षलाई रोचक ढङ्गले प्रस्तुत गर्ने यो चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहनेछ । प्रमुख अभिनेत्री भने छनोट हुन बाँकी छ ।

चलचित्रको कथा लेखक स्वयं अरुण लामाले लेखेका हुन् भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामाले सम्हाल्नेछन् भने एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष २०२५ मा सिनेमा हलमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT