Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने

‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने


काठमाडाैँ । डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो ।

नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा बोल्दै ‘नेपाली टच ‍नेपाल’का प्रमुख राजकुमार गोस्वामीले अष्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

‘हामीले विगत १४-१५ वर्षदेखि अष्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं। आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो’, उनले भने ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ। यहाँको सँगै बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं ’

गोस्वामीले क्रिसमसमा हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरु भएको घोषणा पनि गरे। कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट विक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्। कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ ।

जहाँ सबैभन्दा सस्तो फेरस्टिभ जेनेरल टिकटको २ हजार , फेस्टिभ प्ल्याटिनमको ४ हजार , फेस्टिभ भिआइपी सिटिङको १० हजार तथा फेस्टिभ भिभिआइपी टेवलको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। जसमा प्ल्याटिनम टिकट किन्नेले एउटा वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखिका सबै टिकट क्रेताले निःशुल्क फुड एण्ड वेभरेज पाउनेछन् ।

यो शुल्क दशैंतिहारको फेस्टिवल अफर भनेर निश्चित संख्याका टिकटका लागि मात्र उपलब्ध हुने जानकारी आयोजकले दिएको छ ।

भिभिआईपी टेवलमा ५० हजार तिर्नेले एक टेवल तथा ६ वटा कुर्सी पाउनेछन्। यसैगरी टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूलोराम्रो इभेन्टको आवश्यक्ता महशुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

‘इसेवालाई एउटा राम्रो इभेन्टको आवश्यक्ता पहिलादेखि नै महशुस गरिरहेको थियो। त्यसमा नेपाली टचजस्तो ठूलो कम्पनी त्यसमाथि सोनु निगमजस्तो इन्ट्रनेश्नल आर्टिस्टसँग जोडिन पाउँदा इसेवा कम्पनी नै खुशी छ ।’, उनले भने ‘हामीले सबैको पहुँचमा पर्ने गरी टिकट विक्रीका लागि राखेका छौं। त्यो बाहेक काठमाडौँ बाहिरको पनि दर्शकका लागि इसेवाका समानान्तर सेवाहरु इसेवा होटल्स, बससेवाबाट पनि टिकट खोल्ने योजना बनाइरहेका छौं ।’

यस्तै कार्यक्रमको हस्पिट्यालिटी पार्टनर ह्यात रिजेन्सीका सेल्स तथा बजार प्रमुख अमित वालियाले कार्यक्रमको हस्पिट्यालिटी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताए। उनले सोनु निगमको नेपाल बसाइलाई उत्कृष्ट बनाउन कुनै कसर नराखिने जानकारी दिए ।

यस्तै ‘नेपाली टच’सँग विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी चर्चित टेलिभिजन प्रस्तोता तथा स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले ‘नेपाली टच-नेपाल’को नयाँ सुरुवातलाई शुभकामना दिए । कार्यक्रमका लागि ६ बजे प्रवेश खुला गरिनेछ । कार्यक्रमलाई संजय गुप्ताले संचालन गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

Techie IT