हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक
काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् ।
गायक हिमाल श्रेष्ठले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन् । उनले आफु र शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘मायाँ युकेको…’ भिडियो दर्शकमाझ ल्याएका हुन् ।
गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गायक हिमालले बताएका छन् । भिडियोलाई बिहिबार रिलिज गरिएको हो । यो गीतलाई तीलक बस्नेतले लेखेका हुन् । गीतमा संगीत पनि तिलककै रहेको छ । मुम्बईको कैलास स्टुडियो मास्टिरिङ गरिएको यो गीतलाई समिर कार्कीले रेकर्डिङ र नरेन्द्र बियोगीले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।
भिडियोमा चीज गुरुङ र निशा मगर र साथीहरुको नृत्य छ । मायाँ युकेको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् । जसमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन छ । हिमालको गीत मायाँ युकेकोको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो गीतसँगै भिडियो पनि नृत्यप्रधान छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको
काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको
काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा
काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी
काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।
काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार