Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा


काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा मात्र नभई अन्तर्राष्ट्रिय सिने जगतमा पनि नेपालको पहिचानलाई नयाँ उचाईमा पुर्‍याउन सफल भएको छ ।

यसअघि चलचित्र ‘कालो पोथी’ मार्फत अन्तर्राष्ट्रिय सिने बजारमा आफूलाई चिनाइसकेका निर्देशक मीनबहादुर भामको ‘शाम्बाला’ अर्को महत्त्वपूर्ण कडी बन्न पुगेको छ । ‘शाम्बाला’ले नेपालमा प्रदर्शन हुनुअघि नै २४ भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

विशेषतः बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको यो पहिलो नेपाली फिचर फिल्म बनेको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय सिनेमाको प्रमुख मञ्चमा पुर्‍याउन सफल भएको छ । यसबाहेक, स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा ‘पियाजा ग्राण्डे’ विधामा छनोट भएको तथ्यले चलचित्रको महत्त्वलाई थप उजागर गरेको छ ।

चलचित्रको प्रिमियरमा भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यपको उपस्थिति, साथसाथै नेपाली फिल्म क्षेत्रका कलाकार, नेताहरू र अरु चर्चित व्यक्तित्वहरूको सहभागिताले थप आकर्षण बढेको छ ।‘शाम्बाला’को मुख्य आकर्षण यसको छायाँकन हो, जसले नेपालको हिमाली भूभागलाई कलात्मक रूपले पर्दामा उतारेको छ ।

फिल्मले नेपालको मनोरम दृश्यहरूको प्रदर्शनसँगै बहुपतिको विवाहजस्तो अनौठो सामाजिक संरचनालाई पनि उजागर गरेको छ, जसमा एक गर्भवती महिलाको आफ्ना हराएका श्रीमानको खोजीको चुनौतीपूर्ण यात्रा देखाउन खोजिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि ‘शाम्बाला’को चर्चा व्यापक छ । हालसम्म चलचित्रलाई ४० देशका सिनेमा हलहरूमा प्रदर्शन गर्नका लागि अधिकार बिक्री भइसकेको छ । यसले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने काम गर्दै नेपाली सिने उद्योगको क्षमता र पहुँचलाई विस्तार गरेको छ ।

चलचित्रको निर्माणमा अन्तर्राष्ट्रिय दाताहरूको विशेष सहयोग रहेको छ भने नेपाली कलाकार सोनम तोप्देन, थिन्ले ल्हामो र तेन्जिङ डल्लाको प्रमुख भूमिका रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को फस्ट लुक सार्वजनिक, सुधनले डेब्यु…

काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट

Techie IT