Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअरुणिमा र बिमलेशको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक

अरुणिमा र बिमलेशको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक


काठमाडौं। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ।

सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् भने पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन्। निर्देशक अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका हुन्। सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन्। सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापाको प्रमुख भूमिका रहेको छ।

‘घर बट इन अमेरिका’ को सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा भएको हो। सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ।सिरिजमा सहायक निर्देशन विवेक रसाइली, मेकअप अप्सरा कटुवाल, छायाङ्कन पशुपति बस्याल, सम्पादन मित्र डी. गुरुङ, कलर ग्रेडिङ मिलन बिक्रम शाह, र साउन्ड मिक्सिङ अमित श्रेष्ठको रहेको छ। सिरिजका गीतहरूमा अर्जुन कटुवालको सङ्गीत, निशान भट्टराईको स्वर, र डिपी खनालको शब्द रचना छ। कार्यकारी निर्माता रोशन घिमिरे हुन्।

सिरिजको पहिलो सिजनको केही भागको छायाङ्कन सकेर टिजर सार्वजनिक गरिएको हो, तर टिजरमा स्ट्रिमिङ सुरु हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन। निर्देशक बिमलेश अधिकारीले छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुङ्गो लगाइने जानकारी दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

Techie IT