Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरंग पत्रकार सुवास संकल्प सहित दर्जन बढी सम्मानित

रंग पत्रकार सुवास संकल्प सहित दर्जन बढी सम्मानित


इटहरी। ‘मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा’ भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ। जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प ‘खेमराज श्रेष्ठ’ सम्मानित भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकल्पलाई माननीय किराँतीले सम्मान पत्र तथा कार्यक्रम सभापति किसन राज शिहले ढाकाटोपी र फुलको माला लगाएर सम्मान गरिएको हो।

संकल्प विगत १३ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई कार्यक्षेत्र बनाएर रंग पत्रकारिता बिटमा रहेर कलम चलाईरहेका छन्। १३ वर्षअघि इटहरीका विभिन्न एफएमबाट मनोरञ्जन कार्यक्रम चलाउदै सोही ठाउँमा स्थापित एक टेलिभिजनमा समेत मनोरञ्जन कार्यक्रम चलाएर अनुभव बटुलेका संकल्पले पछिल्लो ५ वर्षयता आफ्नै मिडिया कम्पनी दर्ता गरि इटहरीमै कार्यालय स्थापना गरेर परिकला न्युज डटकम मार्फत रंग गतिविधिलाई न्युज पोर्टल तथा भिडियो कार्यक्रमका माध्यमबाट प्रस्तुत गरिरहेका छन्। उनको यो मनोरञ्जन बिटमा निरन्तरता, लगनशीलता र योगदानलाई कदर गर्दै आयोजक संस्थाले आफ्नो २४ औ वार्षिकोत्सबको अवसरमा सम्मान गरेको जनाईएको छ।

वार्षिकोत्सब कार्यक्रमबाट संकल्पसहित २०७९ सालमा आफ्नो र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनतालाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा समर्पित जय बहादुर श्रेष्ठ, इन्द्रेणीका कृष्ण कडेल, कमल प्रसाद रिमाल, रोशन विश्वकर्मा, प्रेम लामा, तेजेन्द्र शर्मा पौडेल, प्रभु साह, भिम प्रसाद ओडारी, पुण्य ओडारी, सोमनाथ खरेल, मुना खरेल, नवराज तामाङ, प्राश्ना पाण्डेलाई पनि सम्मान गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लक्की राम केसीले जानकारी गराए। विभिन्न संघ–संस्थाका पदाधिकारीहरु तथा आमन्त्रित ब्याक्तित्वहरुको बाक्लो उपस्थितिमा पन्चेबाजा सहित सम्मानित ब्यक्तित्वहरुलाई ‘स्टार अफ द ईयर २०८०’ बाट सम्मान प्रदान गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT