Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसिनेमा हलहरुमा आजदेखि ‘नम्बरी सुन’

सिनेमा हलहरुमा आजदेखि ‘नम्बरी सुन’


काठमाडाैँ । सिनेमा हलहरुमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आएकाे छ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा प्रेम, संवेदना, र व्यङ्ग्यलाई समेटिएको छ । चलचित्रमा अभिनेता सरोज खनालले मुख्य भूमिका रहेको छ । सरोजले चलचित्रमा एक मुखियाको भूमिका निर्वाह गर्नुभएको छ, जसलाई उनले यसअघि गरेका चलचित्रहरू ‘पञ्चायत’ र ‘मोदीबेनी’मा निभाएका भूमिकाहरूभन्दा फरक रहेको बताएका छन् ।

चलचित्रले मुखियाको पात्रलाई युवावस्थादेखि वृद्धावस्थासम्मको जीवनका विभिन्न चरणहरूमा देखाउन खोजेको छ । चलचित्रमा अभिनेत्री नम्रता सापकोटाले प्रेम प्राप्तिका लागि सङ्घर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेका छन् ।

साथै, गौरव पहारी, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने लगायतका कलाकारहरूको पनि सशक्त अभिनय यस चलचित्रमा देखिन्छ । चलचित्रको कथा र पटकथा शिवम् अधिकारीले लेख्नुभएको हो । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, र गौतमराज खड्काको सम्पादन चलचित्रमा समावेश छ ।

निर्देशक राजु गिरीले यस चलचित्रलाई आफ्ना अघिल्ला फिल्महरूभन्दा उत्कृष्ट भएको दाबी गरेका छन् । चलचित्रको प्रचारप्रसारमा फरक शैली अपनाइएको छ । प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने घोषणा गरेका छन् ।

खल्ती एपबाट टिकट काट्ने पाँच जना र अरु सात जना दर्शकलाई गोलाप्रथाबाट छनोट गरिनेछ । नारायण खाती स्वयं सुन व्यवसायी हुनुहुन्छ, र चलचित्रको कथा आफ्नो पेशासँग सम्बन्धित रहेकोले पहिलो पटक फिल्म बनाएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

Techie IT