Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा

फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा


काठमाडौँ । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।

थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।

नरसिंहाको अर्थ – भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो । दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए ।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लगाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

यही फिल्मबाट महानायक राजेश हमाल कमब्याक गर्दै छन्। महानायक हमाल लामो समयको ब्रेकपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन् । यो फिल्मका लागि आइतबार हमालले निर्माणपक्षसँग कागजी सम्झौता पनि गरेका थिए ।

महानायक हमाल सेतो पर्दामा नदेखिएको आठ वर्षभन्दा धेरै भइसकेकाले यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । हमाल लामो समय फिल्मबाट अलग हुँदा दर्शकले उनलाई ठूलो पर्दामा खोजिरहेका छन् । त्यसैले दर्शक र राजेश दुवैका लागि यो फिल्म विशेष हुनेछ ।

लामो समयको अन्तरालपछि हमाल दिवाकरको फिल्मबाट दर्शकमाझ फर्किन लागेका हुन् । त्यसैले यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।

दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

Techie IT