Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

चलचित्र ‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा


काठमाडौँ । श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ ।

यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब शर्ट्समा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु #DanceWithModibeni, #ManjuriFromModibeni र #ModibeniReleaseShrawan18 प्रयोग गर्नु पर्ने र ‘मोदीबेनी’को अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ ।

रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी ३ जना भाग्यशाली विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा तथा केटिएम फिटनेसले विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य गर्नेछन् ।

रिल बनाउँदा चलचित्रको अफिसियल पेजमा अपलोड भएका रिलहरूबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने भिडियोको स्टेपहरु पनि आइडिया लिन सकिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

Techie IT