Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा

चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा


काठमाडौँ । पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्र ‘तै चुप मै चुप’ लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । चलचित्रमा स्कृप्ट मनिष गौतमको रहेको छ ।

चलचित्रको काठमाडौँ र पोखरामा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ । हाल चलचित्रका लागी कलाकार र गीत सङ्गीत छनोटको काम भइरहेको छ ।

पोलिटिकल सस्पेन्स कथा रहेको उक्त चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यस अघि पनि यही टिमले चलचित्र चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ । उक्त चलचित्रमा कलाकार सन्तोष अधिकारी लगायतको कामले निकै तारिफ पाएको थियो ।

चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । चलचित्र ‘तै चुप मै चुप’ आगामी वर्ष भित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT