Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनन्युर्याेकमा कन्सर्ट गर्दै गायक सुशान्त

न्युर्याेकमा कन्सर्ट गर्दै गायक सुशान्त


काठमाडौँ । चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन् । हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुदै आएको भेन्युमा पहिलो पटक नेपाल िकलाकारकोे कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सुशान्त सहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दैछन् ।

नेपाली गीतसंगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कडेलले बताए ।

कार्यक्रममा १६ बर्ष भन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्नेछन् । न्युर्याेकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले बताए । कार्यक्रमको मिडिया संयोजक रेशम जंग शाह रहेका छन् ।

करिब ४ घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारङ्गी’, ‘नजिक आउ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भगेरा’, ‘म तिमिलाई मन पराउँछु’ लगायत दर्जन बढी लोकप्रिय गीत मार्फत दर्शक रिझाउनेछन् । कन्सर्टको टिकट ठमेल एवाईसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT