Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनटुँडिखेलमा सांगीतिक कार्यक्रमसहित विश्वकपको प्रत्यक्ष प्रशारण गरिने

टुँडिखेलमा सांगीतिक कार्यक्रमसहित विश्वकपको प्रत्यक्ष प्रशारण गरिने


काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल ओपन डोर इन्टरटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गरिने भएको छ । प्रत्यक्ष प्रसारणमा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि गरिने जानकारी गराइएको छ । कार्यक्रममा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भियोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा खाजा र खानाका निम्ति विभिन्न स्टल पनि राखिने बताइएको छ ।

करिब पाँच हजार खेलकुदप्रेमी टुँडिखेलमा भेला भई नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गर्ने अपेक्षा गरिएको ओपन डोर इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले बताए ।

निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा मंगलबार बेलुका ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ । प्रतियोगिताअन्तर्गत नेपालको पहिलो खेल आज राति सवा ९ बजे सुरु हुनेछ । नेपालले एक दशकपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

Techie IT