Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश

‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश


काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ । यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका थिए ।

यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए । कँडेलका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको जरुरत रहेको छ ।

यही चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन् । उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । उनले यसअघि एक चलचित्रमा अभिनय गर्ने तय भएको तर प्रवेशाज्ञा (भिसा)को समय सीमाको कारण काम गर्न पाएका थिएनन् ।

रिहान यो चलचित्रको प्रमुख पात्र मध्ये एक सशक्त भूमिकामा अनुबन्धित गरेको निर्देशक कँडेलले बताए । रिहानलाई नै यो भूमिकामा लिनुको पछाडि विभिन्न कारणहरू रहेको जसमा प्रमुख कारण स्क्रिप्टले मागेको चरित्र रहेको उनले बताए । “हामीले लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ । केही स्थापित कलाकारसँग पनि काम गर्ने विषयमा छलफल पनि भयो तर, हामीले एकदमै ‘फ्रेस’ महसुस हुने कलाकारको आवश्यकता देख्यौँ । अर्को कुरा हामीले ‘वेल टेस्टेड’ कलाकारबाट काम निकाल्न चलचित्र बनाउन लागेका होइनौँ, नेपाली चलचित्रमा युवा कलाकारको कमी महसुस भएपछि कोही कसैलाई त ल्याउनै पर्छ भन्ने लाग्यो,” रिहानलाई प्रमुख भूमिमाका लिनुको कारण बताउँदै निर्देशकले भने, “त्यस कारण पनि रिहान गिरी र पारस बम (कूल ब्वाय) जस्ता प्रतिभालाई अगाडी सारेका हौँ । त्यसमाथि पनि ‘होस्टेल’ चलचित्र शृङ्खलाको ‘लिगेसी’ पनि स्थापित कलाकारबाट चलेको नभई ‘स्टार मेकर’को रूपमा आइरहेको छ। यसलाई ‘मेन्टेन’ गर्नु पनि हाम्रो दायित्व रहन्छ। रिहानले नेपाल र नेपाली चलचित्रलाई अत्यन्तै प्रेम गर्ने रहेछन् । नेपाली चलचित्रमा उनको प्रवेश दुई देशको सम्बन्धको लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।”

अर्को प्रमुख भूमिकामा अनुबन्ध भएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन् । उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन् । सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ ‘फ्यान’ रहेका छन् । उनले यसअघि पनि केही नेपाली चलचित्रका स्क्रिप्ट पढेको तर चित्त नबुझेपछि काम नगरेको बताए ।

‘होस्टेल ३’को स्क्रिप्ट अनुसार मंगोलियन पात्रको जरुरत परेकोमा हामीले बहुपक्ष विचार गरी पदमलाई प्रस्ताव गरेको निर्देशक कँडेलले बताए । “देशभरबाट कलेज पढ्न काठमाडौं आएर होस्टेलमा बस्दा विभिन्न समुदायका विद्यार्थीहरूको जमघट हुने र त्यहाँ आ-आफ्नै कथाहरू रहने भएकाले हामीले सबै समुदायबाट पात्र छनोट गरेका छौँ । किन पदम नै भन्ने विषयमा चाहिँ हामीलाई ‘अर्ग्यानिक’ र ‘लाउड’ पात्रको जरुरत थियो, ‘जिते’ नामक सो पात्रमा उनलाई छानिएको हो। उनी यति मौलिक छन् कि उनका हरेक गतिविधिमा बिछट्टै कला भेटिन्छ,” कँडेलले बताए ।

चलचित्रमा सशक्त भूमिकामा अनुबन्धित भएकी सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन् । उनको लक्ष्य चलचित्र नै भएता पनि ‘स्क्रिन टेस्ट’ र अभिनयको निखरताको लागि केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन् । नयाँ तर सशक्त अभिनय गर्न सक्ने र चलचित्रको लागि पात्र सुहाउँदो नायिकाको जरुरत रहेकोमा सिम्रनको लगाव र काम हेरेर यस चलचित्रमा लिएको निर्देशकको भनाई छ ।

निर्देशक कँडेलले यस चलचित्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन् । यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताए ।

‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् । वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर कर्ण कार्की हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT