सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज सिने हल ग्लोनोर्किमा दोस्रो पटक प्रर्दशन हुन लागेको हो ।
एमएसएम इन्टरटेनमेन्टका निर्देशक छत्र थापाका अनुसार दर्शकको माग अनुसार तास्मानियाको होबार्टमा चलचित्र ‘महाजात्रा’ दोस्रो पटक प्रदर्शन गर्न लागिएको हो ।
अष्ट्रेलिया प्रदर्शनको अधिकार पाएको एमएसएम इन्टरटेनमेन्ट र रोटे पिङले पाएको छ । अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड, मेलबर्न, तास्मानिया, क्यानबेरा र एडिलेडलगायतका सहरमा महाजात्रा प्रर्दशन भएको छ ।
गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा लगायतको अभिनय रहेको छ ।