Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फर्स्टलुक सार्वजनिक

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फर्स्टलुक सार्वजनिक


काठमाडौँ । नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्र ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल केसीलाई मात्र स्थान दिइएको छ । फर्स्टलुकले सिनेमाले समयको कथा भन्ने संकेत गरेको छ ।

जेठ १० गते रिलिज हुने लभ स्टोरी जानरामा बनेको चलचित्रलाई ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता छन् ।

‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायत कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको चलचित्रमा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT