Techie IT
२०८१ माघ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स


काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन चाम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित आदिवासी, जनजाति, मातृभाषी चलचित्रको निर्माण, प्रवद्र्धन, सहकार्य र बजारीकरण सम्बन्धी गोष्ठीमा बोल्दै निर्माता च्याम्सले यस्तो बताएका हुन् । उनले चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्न आवश्यक रहेको बताए । उनले देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

निर्माता चाम्सले अहिलेका चलचित्र हलहरु नेपाली चलचित्रकै लागि पनि पर्याप्त नभएको र स्थान नदिने गरेको गुनासो गरे । उनले हिन्दी र अंग्रेजी चलचित्रलाई बढी प्राथमिकता दिँदा नेपाली चलचित्र देखाउने ठाउँ नपाएको बताए ।

निर्देशक चाम्सले १० वटा चलचित्र भवन आदिवासी जनजातिका लागि बनाएर त्यहाँ आदिवासी जनजाति सम्बन्धित चलचित्र मात्रै प्रदर्शनी गर्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT