Techie IT
२०८१ चैत्र १७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअभिनेत्री दीपिका प्रसाईं आमा बनिन्

अभिनेत्री दीपिका प्रसाईं आमा बनिन्


काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईं आमा बनेकी छन् । चार वर्षअघि निर्देशक दिवाकर भट्टराईसँग बिहे गरेकी दीपिका छोराको आमा बनेकी हुन् ।

पहिलो सन्तान पाएपछि दिवाकरले श्रीमतीलाई महान् भन्दै भावुक स्टाटस लेखेका छन् ।

‘प्रिय बुडु ! तिमी आमा भएकी छौ ! महान् आमा ! तिमीप्रति आभारी हुने र तिम्रो प्रशंसा गर्ने शब्दहरू कम छन् मसँग माया । के भनुँ जो आफू मृत्युसँग लडेर मलाई जीवन दिएकी छौ । यसको खुसी म कसरी तिमीलाई भनु, आज महसुस हुँदै छ, संसारमा आमा किन महान् हुन्छन् ? खास त्यही महानताभित्र नै संसार अडेको रैछ ! तिमी पनि त्यो महान् आमा भएकी छौ । र, मलाई बाबा बन्ने सौभाग्य दिलाएकी छौ । यसका निम्ति सदियौँसम्म म ऋणी छु,’ भट्टराईले लेखेका छन् ।

दिवाकर भट्टराईकै निर्देशनमा बनेको फिल्म ‘ऐश्वर्य’ डेब्यु गरेकी दीपिकाले छक्कापञ्जा– ३, हेलो जिन्दगीलगायत फिल्म खेलेकी छन् । दीपिका दिवाकरकै निर्देशनमा बनेको ‘मायवी’मा पल शाहको अपोजिटमा छिन् । जुन फिल्म रिलिजको पर्खाइमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT