Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसिनेमाका नयाँ बजार र अवसरहरुको खोजी

सिनेमाका नयाँ बजार र अवसरहरुको खोजी


काठमाडौँ । सिनेमाका नयाँ बजार र अवसरहरुबारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ। चैत्र १ गते देखि काठमाडौँमा चलिरहेको सातौं नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सव (NIFF) मा सो संवाद कार्यक्रम गरिएको हो। उक्त्त कार्यक्रम चलचित्र पत्रकार संघ नेपालको संयोजनमा महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाली चलचित्रको नयाँ सम्भावना र बजार विस्तारका सन्दर्भमा कार्यक्रममा बहस गरिएको थियो ।

बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल,कलाकार जीतु नेपाल,हाइलाट्स नेपालका प्रवन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए।

निर्माता श्रीधर पौडेलले नेपालमा देशभर ३५ जिल्लामा रहेको चलचित्र हल बढ्नुका सट्टा विस्तारै घट्दै गइरहेको बताए । चलचित्र प्रर्दशन गरेर भन्दा पार्टी प्यालेस, होटल वा रेष्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको उनको भनाई छ ।

डिजिटल बजारको रुपमा संसारभर स्थापित ओटिटि प्लेटफर्म समेत नेपालमा विस्तार हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चलचित्र किनेर ओटिटिमा सञ्चालकहरुले नराख्नाले बजार विस्तार नभएको उनको तर्क छ । उनले भने, ‘कमिसन खानका ओटिटि चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ न दिगो नै हुन्छ ।

निर्माता पौडेलका अनुसार ओटिटि कम्पनीहरुले चलचित्रको प्रचारप्रसारमा समेत ध्यान दिएका छैनन् । ओटिटिमा चलचित्र प्रदर्शन भएपछि प्रचार प्रसारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकारहरु प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था छ । ओटिटि कम्पनीले कुनै दायित्व लिइरहेको छैन । मात्रै कमिसन खान ओटिटि चलाएको अवस्था छ ।

डिजिटल प्लेटफर्मका सञ्चालकहरु नै विभाजित भएका कारण बजार विस्तारमा बाधा पुगिरहेको हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ बताउछन् । एउटा पक्षले बनाएको ओटिटिमा अरुले चलचित्र नदिने सिण्डिकेट चलचित्र क्षेत्रमा रहेको अवस्थामा दर्शकले सबै सव्क्राइभ गर्न नसक्ने हुँदा बजार विस्तार नभएको उनी तर्क गर्छन् । भन्छन्, ‘नेपालजस्तो सानो र नयाँ बजार भएको ठाँउमा सबै मिलेर एउटा राम्रो ओटिटि सञ्चालन गर्न सके बजार विस्तारमा सघाउ पुग्छ ।’
कलाकार जीतु नेपाल ओटिटिमा खर्च गरेर दर्शकले चलचित्र नहेर्ने गरेको गुनासो गर्छन् । भन्छन्,‘हलमा चलचित्र चलिरहेको छैन । केही ओटिटि सञ्चालनमा छन् । तर कमाइरहेका छैनन ।’ कोरोना संकटको बेला खुलेका केही ओटिटि बन्द भएको उनी बताउछन् ।

उनका अनुसार सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफाम आएपछि चलचित्रको बजार खुम्चेको छ । धेरैले फेसबुक र युट्युवमा चलचित्र हेर्न थालेका छन् । यी माध्यम नहुँदा चलचित्र भवनहरुमा ५१ दिन मनाएका थिए । अहिले यस्तो अवस्था छैन । सिने पेवलकी पुष्पलता न्यौपाने ओटिटी प्लेटफर्मको सम्भावना रहेको दाबी गरिन् । अन्तररास्ट्रीय स्तरबाट चलेकामा नेपाली चलचित्रहरु दर्शकले हेर्ने गरेको उनी बताउछिन् ।

उनका अनुसार दार्जलिङ, सिक्किममा नेपाली भाषाको चलचित्र बनाएर अन्र्तराष्ट्रिय ओटिटि नेटफ्क्सिलगायतमा बिक्रि गरिरहेका छन् । संसारभर रहेका करिव ७ करोड नेपालीभाषीले ओटिटिबाट पैसा तिरेर नेपाली चलचित्र हेर्न चाहेको तर नेपाली चलचित्रकर्मीले यस क्षेत्रमा काम गरिरहेका छैनन् ।

कलाकार जितु नेपाल भने दर्शकले पछिल्लो समय पैसा नतिरि युट्युबमा निशुल्क चलचित्र हेर्न चाहेको बताउछन् । धेरै दर्शक युट्युवमा चलचित्र खोज्ने गरेको उनको बुझाई छ ।

पछिल्लो समय आफूले बनाएको चलचित्रको कपिराइट अधिकार आफैले राख्नु पर्ने ज्ञान आर्जन गरेको कलाकार नेपाल बताउछन् । भन्छन्, ‘मैले धेरै टेलि चलचित्र बनाए । टेलिभिजनहरुलाई दिए । अहिले लाखौं भ्युज कमाएको छ । हामी पछि परेका छौं ।’ पछिल्लो समय युट्युव केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटिटिका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको बताउछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

Techie IT