Techie IT
२०८१ चैत्र ६, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ७ महिला चलचित्रकर्मी सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ७ महिला चलचित्रकर्मी सम्मानित


काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मान गरेकी हुन् ।

चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन् । उनीहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन् ।उनले भनिन् ,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ । ” मन्त्री शर्माले आउँदो वर्षमा पनि अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने सुझाव दिईन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भन् ,“हामीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेका हौँ । हामीले पुनः मन्त्रीज्यूलाई नै दोस्रो कार्यकालमा पाउँदा हामीले तयार पारेका योजनाले गति लिने विश्वास गरेका छौँ । चलचित्रकर्मी र यसमा क्रियाशील व्यक्तिले छिट्टै परिवर्तन महसुस गर्नु हुनेछ ।”

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, राजु केसी, केएल बुढाथोकी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिष्मा मानन्धर, चलचित्र निर्देशक रक्षासिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामालगायत सहभागी थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

Techie IT